राप्रपा सांसद राजेन्द्र लिङदेन तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देन तटस्थ बस्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज केहीबेरमा प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। स्वतन्त्र सांसदका रूपमा रहेका लिङदेनले मतदानमा सहभागी नहुने बताएका छन् । संसदमा बोल्दै लिङदेनले प्रधानमन्त्रलाई अग्रिम बधाई समेत दिएका छन् ।