विश्वासको मत पाएपछि भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार राति प्रतिनिधिसभाबाट विश्वासको मत पाउनासाथ मोदीले ट्वीटरमार्फत बधाई दिएका हुन् । मोदीले देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि उनले बताएका छन् ।

गत मंगलबार देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले भने आइतबार बधाई दिएका हुन् ।