एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहेका छन् ।

केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

हिजो मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएपछि आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटिको बैठकले हिजो देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो । आजको बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई कता लैजान्छ भन्ने चासो बढेको छ ।