लक्ष्मी सनराइज बैंकद्वारा नेपालगन्जमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न‍ २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा न‍ १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा न ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न ७, नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।