स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा.रोशन पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा.दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।















