एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नेपाल प्रहरीको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा ८५२ जना जाहेरवालाले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए ।
त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. को विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए ।
उनले २०८० फागुन २० गतेदेखि नै काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएर फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए ।
लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।