बाग्लुङको गल्कोट नगरपालिकामा विषाक्त रक्सीको सेवनले ४ जनाको ज्यान गएको छ भने दुईजना बेहोस अवस्थामा छन । गल्कोट नगरपालिका ७ मल्ममा सोमबार दिउँसो खाजासँगै सेवन गरेको विषाक्त घरेलु रक्सी सेवनबाट बेहोस बनेका ६ जनामध्ये ४ जनाको ज्यान गएको बाग्लुङ प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले हिजो दिउँसो ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बेहोस भएपछि उपचारका क्रममा अस्पताल लैजादै गर्दा ४ जनाको ज्यान गएको हो । बाँकी दुई जनाको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।















