दक्षिणले आक्रमण गरे परमाणु हतियार प्रहार गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियामाथि परमाणु हतियार प्रहार गर्ने चेतावनी दिएको छ ।उत्तर कोरियाली नेता किम जोन उनकी शक्तिशाली बहिनी किम यो जोङले मंगलबार उत्तर कोरियाले युद्धको विरोध गर्ने तर दक्षिण कोरियाले आक्रमण गरे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएकी हुन् ।

विश्लेषकहरूले दक्षिण कोरियाको अब आउने ‘कन्जर्भेटिभ’ राष्ट्रपतिप्रति यो चेतावनीलक्षित रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित युन सुक–योल निर्वाचित भएका हुन् । उनले उत्तर कोरियाली धम्कीविरुद्ध थप ‘मस्कुलर डिफेन्स’का लागि आह्वान गरेका थिए ।

उत्तर कोरियाली सरकार र सत्तारूढ पार्टीकी वरिष्ठ अधिकारी किमले दक्षिण कोरियाली रक्षामन्त्रीले उत्तर कोरियामाथि आक्रमण गर्नेबारे टिप्पणी गरेर ‘धेरै ठूलो गल्ती’ गरेको बताएकी सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

दक्षिण कोरियाली रक्षामन्त्री सु वुकले शुक्रबार आफ्नो देशको सेनासँग उत्रर कोरियाको कुनै पनि निसानामा सही र तीव्र रूपमा प्रहार गर्ने क्षमता भएको क्षेप्यास्त्र रहेको बताएका थिए ।

सम्बन्धित समाचार