हृदयाघातको जोखिम पुरुषमा बढी, के छ कारण ?

हृदयाघातको कारण कम उमेरमा मै ज्यान गुमाउने सङ्ख्या दिनानुदिन बढ्दो छ । यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । उमेरको निश्चित चरणहरूमा, पुरुषहरूमा हृदयाघातको जोखिम महिलाहरूको तुलनामा झन्डै दोब्बर हुन्छ ।

महिलाको तुलनामा पुरुषमा बढी हृदयाघातको खतरा बढी हुनुका कारणहरू के–के हुन् ?

१.एस्ट्रोजेन:
एस्ट्रोजेन हर्मोनको कारणले पनि पुरुषलाई महिलाको तुलनामा १० वर्ष पहिले हृदयाघात हुन सक्छ । ४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्छ भने जबकि महिलामा ५५ वर्षपछि यो बढी हुने सम्भावना हुन्छ ।

२.मोनोपोज:
कोलेस्ट्रोलको स्तर, उच्च रक्तचापको कारण पनि पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ । महिलाहरूको महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हर्मोनकोस्तर कम हुन्छ । उच्च प्रि–मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयाघातबाट बचाउँछ । यही कारणले ५० वर्षसम्मको उमेरमा पनि महिला हृदयाघातको शिकार हुँदैनन् ।

३.अन्य कारण:
कोलेस्ट्रोलको स्तर, उच्च रक्तचाप, मधुमेह र धूम्रपान, शारीरिक गतिविधि आदि कारणले पनि महिलाको तुलनामा पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
महिलामा हृदयाघातको साइलेन्ट लक्षण
महिलामा पुरुषको तुलनामा हृदयाघातको सम्भावना कम भए पनि महिला र मधुमेहका बिरामीहरूमा हृदयाघातको लक्षण अलि फरक किसिमको देखिन्छ ।

हृदयाघात हुँदा साइलेट्न किसिमको लक्षणहरू देखिन्छ । छाती दुख्नेभन्दा पनि असजिलो हुन, आत्तिने, पसिना आउने जस्ता सामान्य लक्षणहरू देखिन्छन् ।

सम्बन्धित समाचार