गुल्मीको सत्यवतिमा जिप भिरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये चारजनाको अवस्था गम्भीर रहेको गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेल ले बताए ।
दुर्घटनामा सत्यवती गाउँपालिका-८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो । आज बिहान कालिगण्डकी गाउँपालिका ४ ओक्याङस्थित भित्री कच्ची सडक खडमा ग २ च ३२६२ नम्बरको बलेरो गाडी भिरबाट खसेको हो ।
प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घाइते सबैलाई उपचारका निम्ति पाल्पा पठाइएको उनले जानकारी दिए ।