तनहुँको ब्यासमा पानी बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
सोमबार दिउँसो व्यास नगरपालिका १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिँदा व्यास नगरपालिका १२ का २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो ।
ग १९ ब ८३०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई बागमती प्रदेश ०१९ ००१ अ य ००३९ नम्बरको ट्यांकरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए ।
ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरीले ट्यांकर चालकलाई पक्राउ गरेको छ ।