यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ ।

नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि हुने निर्वाचनमा सातै प्रदेशमा गरी कूल ५२ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर उम्मेदवारी दिँदा राप्रपा र एमालेले भने एकल उम्मेदवारी दिएका छन् । यता सत्तारुढ दल जनमत पार्टीले पनि भागबन्डामा समावेश नगरेको भन्दै मधेश र लुम्बिनी प्रदेशमा छुट्टै मनोनयन दर्ता गराएको छ ।