नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या १० हजार ९३ पुगेको छ ।
आइतबार नेपालमा २ हजार २९ जना निको भएका छन् भने संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् ।















