युक्रेनको रेलवे स्टेशनमा रुसी हमला, ३० जना भन्दा धेरैको मृत्यु

युक्रेनमा एक रेलवे स्टेशनमा भएको रुसले रकेट हमला गरेको छ । हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो । रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो ।

युक्रेनका रेल प्रमुखले भनेका छन्, ‘स्टेशनमा दुुई रकेट हमला भएको थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निक्लने एक ठूलो माध्यम थियो ।’ दोनेत्स्कको क्षेत्रिय गभर्नरका अनुसार प्रहरी र बचाउकर्मीले ठूलो संख्यामा मानिसको लास फेला पारेका थिए र कयौ घायते पनि फेला परेका थिए । जुन समयमा यो स्टेशनमा हमला भएको थियो, उक्त समयमा यहाँ हजारौ संख्यामा मानिस रहेको दावी उनले गरेका छन् ।

सम्बन्धित समाचार