शनिबार राती जब इमरान खानको निवासमा हेलिकोप्टर उत्रियो

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावको हंगामा बीच शनिबार राती प्रधानमन्त्री आवासमा असाधारण गतिविधि देखियो ।यतिबेला केही ऐतिहासिक निर्णय र घटना भए जसलाई क्यामरामा कैद गरियो । यद्यपि, धेरैजसो गतिविधि बन्द कोठामा भएका छन् ।शनिबार दिनभरी संसद भवन हलचलको केन्द्र रह्यो, कहिले भाषण भएर, कहिले सबै सत्र स्थगित गरेर सरकारका सदस्य, विपक्षी सदस्य र सभामुखबीच कुराकानी भए ।

तर बेलुका जब राष्ट्रिय सभाको सत्र इफ्तारका लागि स्थगित गरियो तब अचानक देशका प्रधानमन्त्री आवास गतिविधिको केन्द्र बन्यो ।प्रधानमन्त्री इमरान खानले आफ्नो कानुनी र राजनीतिक सल्लाहकार, सभामुख र उप–सभामुख र केही ब्यूरोक्रेट्ससँग मन्त्रिपरिषद्को एक आपतकालीन बैठक बोलाए ।

अबेर राती उत्रियो हेलिकोप्टरः

मन्त्रिमण्डलको बैठकका बीच सभामुख र उप–सभामुख पनि प्रधानमन्त्रीको आवास पुगे तर उनीहरुलाई प्रधानमन्त्री कार्यालयको नजिकै रहेको लाउञ्जमा प्रतीक्षा गर्न भनियो ।यसैबीच दुई नबोलाइएका पाहुना पनि असाधारण सुरक्षा र हतियारद्वारा सुसज्जित जवानको घेराबन्दीमा हेलिकोप्टरबाट प्रधानमन्त्री आवास पुगे र करिब ४५ मिनेटसम्म प्रधानमन्त्रीसँग भेटघाट गरे ।

यद्यपि, यो भेटघाटका कस्ता कुराकानी भए, त्यसबारे कुनै जानकारी प्राप्त छैन । यद्यपि, विश्वसनीय र सरकारी स्रोतले, जसलाई यो बैठकबारे सूचित गरिएको थिएन, उनीहरुले बीबीसीलाई बैठक खासै सुखद नभएको जानकारी दिए ।

एक घण्टा अघि तत्कालीन प्रधानमन्त्री इमरान खानले बैठकमा भएका एक वरिष्ठ अधिकारीलाई हटाउन आदेश दिएका थिए । त्यसैले यी नबोलाइएका पाहुना अचानक आउनु प्रधानमन्त्रीका लागि अप्रत्याशित थियो । इमरान खान हेलिकोप्टरको त प्रतीक्षा गरिरहेका थिए तर यी हेलिकोप्टर यात्रीबारे उनीहरुको अनुमान र आशा पूर्ण रुपमा गलत साबित भयो ।

पूर्व प्रधानमन्त्रीले आफ्ना नवनियुक्त पदाधिकमारीहरु यही होलिकोप्टरबाट प्रधानमन्त्री निवाससम्म पुग्ने र सर्वोच्चको फैसलापछि संसद भवनमा भएको कोलाहल शान्त हुने आशा राखेको स्रोतले जनाएको छ ।

सायद यस्तै हुने थियो, तर समस्या के भइदियो भने यो उच्च स्तरको बर्खास्तीका लागि रक्षा मन्त्रालयले जारी गर्नु पर्ने कानुनी दस्तावेज जारी हुन सकेन । यसरी यो क्रान्तिकारी परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रयास असफल भयो । शनिबार राती इस्लामावाद उच्च अदालतको ताला खोलियो र प्रधानन्यायाधीश अतहर मिनाल्लाहसँग काम गर्ने कर्मचारीहरु उच्च अदालत पुगेका थिए ।

स्रोतले बताए अनुसार उच्च अदालतले एक तत्काल याचिकामाथि सुनुवाई गर्न लागेको थियो जसमा अदनान इकबाल अधिवक्ताले एक सामान्य नागरिकको रुपमा प्रधानमन्त्री इमरान खानद्वारा सेना प्रमुखलाई हटाउने सम्भावित अधिसूचनालाई अदालतमा चुनौती दिएका थिए ।

यो याचिकामा बताइए अनुसार इमरान खानले राजनीति र व्यक्तिगत उद्देश्यका लागि आफ्नो शक्तिको दुरुपयोग गर्दै सेना प्रमुखलाई हटाउने सिफारिस गरेका छन् । याचिकामा अदालतले यो आदेशलाई जनहितमा अमान्य घोषित गर्न आग्रह गरिएको थियो ।

सम्बन्धित समाचार