काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
साथै जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बाइएको काठमाडौं जिल्लाका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । प्रजिअ पराजुलीका अनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै छ ।