लामो समय माधव नेपालको समूहमा रहेकाहरु अन्तत: एमाले स्थायी कमिटी बैठकमा सहभागी

लामो समय माधवकुमार नेपाल समूहमा रहेका नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु पार्टीको बैठकमा उपस्थित भएका छन् ।

झण्डै ९ महिनापछि मंगलबार दिउँसो च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको बैठकमा उनीहरू सहभागी भएका हुन् । पुस ५ प्रतिनिधिसभा विघटन भएपछि उनीहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

माधव नेपालको नेकपा (एकिकृत समाजवादी) पार्टीमा नगएका नेताहरु २३ फागुनमा पुनर्स्थापित एमालेको स्थायी कमिटीमा पहिलो पटक सहभागी हुन लागेका हुन् ।

बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पुगिसकेका छन् ।