प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनका क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यस्तै जेठ २ लाई नै आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने तथा विभागहरुलाई पूर्णता दिने निर्णय एमालेले गरेको छ । २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ ।