नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा जानकारी दिन आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन् । ‘तपाईंहरू मूल घरमा फर्किनुस् । यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ,’ उनले भने ।
पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गरे । उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए । पत्रकार सम्मेलन जारी छ ।