महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् ।
जसपाबाट छुट्टिएर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । जसपाका प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा तीन जना सांसद छन् । तीमध्ये दुई जना निलम्बनमा परेका छन् । निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए । चौधरीसहित प्रतिनिधिसभाका १४ र राष्ट्रियसभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए ।
योसँगै ठाकुर नेतृत्वको पाटीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खुकुलो पार्दै सांसद वा केन्द्रीय सदस्यमध्ये २० प्रतिशत पुर्याएपछि नयाँ दल दर्ता गर्न सहज बनाएको थियो ।