प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्।  मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् ।  यसअघि एमालेले बागमती प्रदेशमा पनि मुख्यमन्त्री हेरफेर गरेको थियो। डोरमणि पौडेलले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो।