रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण उक्त पुल भासिएको हो । पुल भासिएपछि सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।
पुल भासिएपछि भैरहवा-परासी हुँदै सवारी साधन आवागमन गराइएको छ ।