विप्लव नेतृत्वकाे नेकपालाई चुनावमा सहभागी गराउन गठबन्धनको आग्रह

आयोगसँग काँग्रेस र माओवादी असन्तुष्ट

 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई स्थानीय तह निर्वाचनमा सहभागी गराउनका सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपालाई चुनावमा सहभागी गराउन आयोगले भूमिका खेल्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ।

नेकपाका नेताहरुनिर्वाचनमा सहभागी हुन पाउँ भनेर आयोगमा पुग्दासमेत आयोगका पदाधिकारीले सकरात्मक भूमिका नखेलेको भन्दै कांग्रेस र माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार आयोजना गरेको ‘निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर र माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोगको आलोचना गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य महरले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले भूमिका खेल्नुपर्ने र त्यसका लागि स्थानीय तह निर्वाचनलाई रणनीतिको रूपमा उपयोग गर्ने निर्णय गरेको चन्द नेतृत्वको नेकपालाई चुनावमा ल्याउने भूमिका खेल्नुपर्ने उनीहरुको भनाइ छ ।

केही दिन पहिले नेकपाका नेता प्रकाण्ड लगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त लगायतलाई भेट गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए । तर त्यसमा आयोग सकारात्मक देखिएको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार