विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्न चलचित्रकर्मीको माग

विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने नेपाली चलचित्रकर्मीले माग गरेका छन् । उनीहरुले सो मागसहित चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर चलचित्रकर्मीको एक टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

बोर्डमा ज्ञापन पत्र बुझाएको बिषयमा निर्देशक शोभित बस्नेतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरीनै रहने हो त ?’ उनले अगाडि भनेका छन् ‘आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्र सम्बन्धि अति आवश्यक मागहरु सहित ज्ञापनपत्र बुझाएका छौ ।’

ज्ञापन पत्रका फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरिनुपर्ने, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाइनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गरिनुपर्ने, विदेशी फिल्मलाई नेपालमा प्रदर्शन कडाई गरिनुपर्नेलगायत माग रहेका छन् ।

सम्बन्धित समाचार