काठमाडौं । पाकिस्तानमा सरकार ढलेपछि अब पूर्व प्रधानमन्त्री इमरान खानका सहयोगीमाथि कारवाही सुरु भएको छ । इमरान खानका पूर्व सल्लाहकार र मुख्य सचिवलगायतका अधिकारीको नाम स्टप लिस्टमा राखिएको छ । यसैकारण उनीहरुलाई देश छोडेर जान अनुमति हुने छैन ।
पाकिस्तानको फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए)ले खानका विशेष सहयोगी भइसकेका शाहबाज गुल र शहजाद अकबरको नाम पनि स्टप लिस्टमा समावेश गरेको छ ।यसबाहेक पूर्व मुख्य सचिव आजम खान, अर्सलान खालिद र डाक्टर रिजवानको नाम पनि नो–फ्लाई सूचीमा राखिएको छ ।