भारत आन्ध्र प्रदेशको श्रीकाकुलममा सोमबार राति कोणार्क एक्सप्रेसको रेलले किचेर ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार यो दुर्घटनामा मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेका यात्रु थिए। सुपरफास्ट एक्सप्रेसको रेलमा यात्रा गरिरहेका ती यात्रुहरु रेलमा प्राविधिक समस्या आएर रेल रोकिएपछि झरेका थिए।
रेल बातुवा गाउँको नजिक रोकिएको थियो र यात्रुहरु रेलबाट ओर्लिएर तल्लो रेलको लिकमा हिँडिरहेका थिए। त्यही समयमा दोस्रोतर्फबाट आइरहेको कोनार्क एक्सप्रेस आयो र ६ जनालाई किचेर अगाडि बढ्यो।