दुर्घटनाग्रस्त केबलकारबाट उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर एक जनाको मृत्यु

भारतमा दुर्घटनापछि रोकिएको केबलकारमा फसेका यात्रुको उद्धार गर्ने क्रममा हेलिकोप्टरबाट खसेर एक यात्रुको ज्यान गएको छ । झारखण्डको देओघर जिल्लास्थित त्रिकुट केबलकारमा प्राविधिक गडबडी आएपछि यात्रु बीचमै फसेका थिए। आइतबार भएको दुर्घटना फसेका दुई जनाको अझै उद्धार हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामाजिक सञ्जालमा अपलोड गरिएका दुर्घटनास्थलको एक जना हेलिकोप्टरबाट खसेको देखिन्छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको जनाइएको छ । अरु ४० जनाभन्दा धेरैको सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फसेका मानिसहरुलाई चालकरहित हवाई उपकरण ड्रोनको मद्दतबाट खानेकुरा र पानी पुर्‍याइने गरिएको छ । उद्धारकार्यका लागि भारतीय वायुसेना, राष्ट्रिय विपद् व्यवस्थापन बल ९एनडीआरएफ०, सेना र भारत–तिब्बत सीमा प्रहरी परिचालन गरिएको छ ।

यता झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले भने दुर्घटनाको उच्चस्तरीय अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले ट्विटरमार्फत अनुसन्धानको निर्देशन दिइएको बताएका हुन् ।

सम्बन्धित समाचार