चुनाव सार्नका लागि गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चुनाव सार्न गठबन्धनको मतियार नबन्न आग्रह गरेका छन् । नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन विप्लवको बहाना देखाएर चुनाव सार्ने खेलमा लागेको बताएका हुन् । उनले अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र भइरहेको समेत आरोप लगाएका छन् । प्रतिगामी तत्वहरू अहिले पनि चुनाव सार्न कोसिस गरिरहेको उनको आरोप छ ।

‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो,’ उनले भने,‘अनि प्रतिगमनमा पुर्‍याउनुभएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

यस्तै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू अहिले पनि चुनाव सार्न कोसिस गरिरहेको बताए ।

‘लोकतन्त्र समाप्त पार्न, २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो,’ उनले भने,‘ अनि प्रतिगमनमा पुर्याउनुभएको थियो । स्थानीय निकाय रिक्त बनाउने उहाँ नै हुनुहुन्थ्यो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार