सुर्य चिन्हमा चुनाव लड्न विप्लवलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरु स्थानीय चुनाव सार्न लागि परेको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवासहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा लागिसकेको दावी समेत गरे ।

‘अहिले विप्लवलाई अघि सार्नुभएको छ । १३ महिना अघि विप्लवजी शान्तिप्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो’, ओलीले विप्लवलाई लोकतन्त्रविरुद्धको षडयन्त्रको मतियार नहुन आग्रह समेत गरे । ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ’, ओलीको भनाइ छ । उनले विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने या सुर्य चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए । ‘होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो !’

चुनाव सार्नका लागि गठबन्धनको मतियार नबन्न विप्लवलाई ओलीको सुझाव

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार