सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्वप्रमुख सचेतक तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

यसअघि पाँच दिनअघि १० जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अब एमालेभन्दा धेरै सांसद एकीकृत समाजवादीमा पुगेका छन् । एमालेमा कूल २४ जना (सभामुखबाहेक) सांसद रहेकोमा १३ सांसदले नेएकीकृत समाजवादी रोजेपछि एमालेमा रहने सांसदको संख्या ११ जनामात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।