बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा पोखरीमा पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार स्थानीय मोती बुढाथोकीका ८ वर्षीय छोरा एलस बुढाथोकीको पानी संकलनको लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार बिहान ११ बजे पोखरीमा डुबेका एलसको धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि ल्याएकोमा दिउँसो १.१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
शुक्रबारबाट हराएका थापा मृत्त भेटिए
गत शुक्रवारदेखि हराएका बागलुङ नगरपालिका–१० भकुण्डेका २८ वर्षीय सागर थापा मृत्त अवस्थामा भेटिएका छन् ।
शुक्रबार राती १० बजेदेखि बेपत्ता भएका थापा शनिबार राती साढे ८ बजेर घरदेखि ५ सय मिटर पश्चिम तर्फ रहेको पहिरे खोलाको विच भागमा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका हुन् ।
थापाको मृत्युबारे अनुसन्धान सुरु भएको उनले बताए ।