कामना सेवा विकास बैंकका कर्मचारीलाई एनबीआईबाट तालिम दिन सम्झौता

नेसनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेत र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।