एनसेल आजियाटा लिमिटेडले सोमबार ‘डेटा सधैं अन’ नामको नयाँ अभियान सुरु गरेको घोषणा गरेको छ ।
आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै एनसेलले सुरु गरेको यस अभियानअन्तर्गत मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्छ ।
एनसेलले साे ‘डेटा सधैं अन’अभियानअन्तर्गत विभिन्न विभिन्न उपभोक्तामैत्री सेवा तथा अफरहरु सुलभ दरमा उपलब्ध गराउनेछ । एनसेलका ग्राहहरुले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्ने छन् । विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।
हाल एनसेलले देशभरि ७२ लाख भन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ । त्यस मध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।
आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाइभन्दा बढी जनसंख्यामा फोरजी सेवाको बिस्तार गरिसकेको छ ।