सोमबार कीर्तिमानी छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो दिन मंगलबार भने ठूलो गिरावट आएको छ । नेपाली सेयर बजार आज ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो ।
आइतबार १०८।२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । नेप्सेका अनुसार आज २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दुई समूहको सूचकबाहेक बाँकी समूह ओरालो लागेको छ । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ । समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ ।
यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ ।
त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।