काठमाडौं । अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलीबारीको घटनामा न्युयोर्क सिटी प्रहरीले एक संदिग्ध व्यक्तिको पहिचान जारी गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले हमलाको सम्बन्धमा ६२ वर्षका फ्रेन्क आर जेम्सको खोजी छ किनभने उनले यू–हल भ्यान भाडामा लिएका थिए जसको गोलीबारीसँग सम्बन्ध हुनसक्छ ।
सबवेबाट हमला भएको स्थानमा प्रहरीले गाडीको चाबी भेटेको छ ।अब न्युयोर्क प्रहरी विभागका प्रमुख जेम्स एसिगले भने, ‘त्यसको ट्रेनसँग कुनै सम्बन्ध छ कि छैन भनेर हामी पत्ता लगाउने कोसिस गरिरहेका छौँ ।’
प्रहरीले यो घटनासँग सम्बन्धित कुनै जानकारी हुँदा सूचना प्रदान गर्न आग्रह गरेको छ ।