बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ थुनामुक्त भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई शुक्रबार लाजिम्पाटबाट पक्राउ गरेको थियो । तर, उनी पक्राउ परेको दुई दिनमै थुनामुक्त भएका हुन् ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिएपछि उनलाई छाडिएको हो । उनले भने, ‘अरू व्यक्तिहरू पनि पक्राउ पर्न बाँकी रहेकाले चाहिएका बेला फेरि उपस्थित हुने गरी छाडिएको हो ।’
बालबन्दिरको जग्गालाई सस्तोमा लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले बालमन्दिरको तत्कालीन सञ्चालक समितिमाथि ठगीको मुद्दा चलाएर अनुसन्धान थालेको छ ।
ठगी मुद्दामा २० जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म एक जनामात्रै पक्राउ परेका छन् ।