श्रीलंका आर्थिक संकट : अत्यावश्यक औषधिको चरम अभाव

चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकाका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका छन् । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ ।

दक्षिण एसियाली देश श्रीलंकामा आर्थिक संकटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव चुलिएको छ । मूल्यवृद्धि अत्याधिक भएको छ । अभाव र मूल्य वृद्धिको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् ।

सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रदर्शनकारीलाई वार्तामा आउन यसअघि आग्रह गरेका थिए । तर, वार्ता हुन सकेको छैन ।

 

सम्बन्धित समाचार