मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन्।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुन्। डेपुटी सिइओ श्रेष्ठ स्थापना कालदेखि मेगा बैंकमा कार्यरत छिन्।
यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन्।