महोत्तरीमा गोली प्रहार गरी सुनको सिक्री  र ब्रासलेट लुटपाट, युवक गम्भीर घाइते

महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

सोमबार महोत्तरीको गौशालाबजारबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएका ७,८ जनाको समूहले लुटपाटको प्रयास गरेको थियो । सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरि लुटपाट गरेको डीएसपी जयसवालले बताए ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए ।