हामीहरू एमसीसीको विरोधमा छैनौँ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसीसीको विरोधमा नरहेको बताएका छन् । पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका ठाकुरले यस्तो बताएका हुन् । त्यस्तै उनले एमसीसीलाई अहिले हौवा बनाएको बताउँदै एमसीसीलाई संसद्मा आएपछि मात्र आफ्नो पार्टीको आधिकारीक धारणा बनाउने बताएका छन् ।

अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टी विभिन्न गुटउपगुटको पार्टी रहेको आरोप लगाएका छन् । पार्टीको कार्यविशेषले शनिवार जनकपुरधाम पुगेका महन्थ ठाकुरले लोसपामा गुटउपगुट रहेको आरोप निराधार रहेको भन्दै जसपामा नै गुट उपगुट रहेको बताएका हुन् । उनले लोसपालाई सानो गुट भन्नेहरूलाई पहिले आफ्नो घरमा नियाल्न सुझाव दिएका छन् । उनले सरकारमा सहभागी हुने विषयमा कुनै छलफल नभएको बताए ।

आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम पुग्नुभएको बताइएको छ । ठाकुरको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ । जनता समाजवादी पार्टी ९जसपा०का ५५ सांसदमध्ये मात्र १६ सांसद लोसपा रोजेका छन् । जसमध्ये चार सांसद दलका नेताको आकाङ्क्षी छन् ।