२०७८ असाेज १० गते, आइतवार, २६ सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १०ः५८ बजेदेखि षष्ठी। कृत्तिका नक्षत्र १३ः४९ बजेदेखि राेहिणी। चन्द्रराशि– वृष।
मेष
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
वृष
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पितृ कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।
मिथुन
पारिवारिक सम्बन्धमा किचलो हुने देखिन्छ । बोलिका संयता अपनाउनु पर्नेछ । आर्थिक कारोबारमा किचलो रहनेछ । अध्ययनमा समय नदिनाले मध्यन्न पछि खिन्नता हुनेछ ।
कर्कट
प्रेम सम्बन्ध अगाडी बढ्ने छ । रोकिएका कार्यहरु बन्नाले मनमा उत्साह बढ्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउने देखिन्छ । वैदेशिक यात्रीको लागि सुखद् समय छ ।
सिंह
मनमा अनेक कुराहरु खेल्नेछन् । मित्रजनदेखि आर्थिक कारोवारमा समस्या आउने छ । यात्रामा समस्या आउनाले महत्वपूर्ण भेटघाट रोकिन छ । धार्मिक कार्यमा समय व्यतित हुने छ ।
कन्या
व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । मित्रजनसँगको मिलनले दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । पारिवारिक जीवन राम्रो रहने छ ।
तुला
स्वास्थ्या केही समस्या आउने देखिन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । आर्थिक कारोवार गर्दै नगर्नु होला । केही महत्वपूर्ण निर्णय भने हुनेछ ।
वृश्चिक
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यात्राको अवसर पनि मिल्ने छ । सम्वन्धमा किचलो हुनाले मध्यान्नदेखि मनमा खिन्नता आउने छ । व्यपारि वर्गको लागि राम्रो समय रहने छ ।
धनु
व्यपार व्यवसायबाट सोचेको भन्दा बढिनै लाभ हुने छ । अध्ययन अध्यापनमा भने त्यति राम्रोसँग समय व्यतित हुने छैन । केही महत्वपूर्ण निर्णयले गर्दा दिन समग्रतामा शुभ नै रहनेछ ।
मकर
वैदेशिक कार्य तथा आर्थिक कारोवार राम्रो हुने छैन । परिवारिक समस्या समाधान हुने छ । हतारमा कुनै पनि निर्णय नगर्नु होला । मध्यान्न पछि को समय राप्रो रहनेछ ।
कुम्भ
सानो सानो समस्याले गर्दा दिनभरि नै तनाब पूर्ण समय बित्नेछ । आफन्तले सहयोगभन्दा पनि समस्यामा थपिदिने छन् । विद्यार्थी वर्गको लागि राम्रो दिन रहने छ ।
मीन
व्यपारिक वर्गको लागि राम्रो समय रहने छ । खराब संगतले गर्दा ठूलो समस्या आउने छ । खानपानम ध्यान दिनु होला । केही दुःखद् खवर सुन्नु पर्ने छ ।