नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परीक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परीक्षणका क्रममा १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको संंख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १२ सय ७९ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६१ हजार १ सय ५४ सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १९ हजार १ सय ४२ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ३० जना क्वारेनटाइनमा छन् ।