धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल भोइल भन्ने स्थानमा अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको हो ।
उनका अनुसार मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका–११ का कुनालकुमार साहको मात्र पहिचान खुलेको छ । बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको छ । तीन जना सवार उक्त मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको हो ।