घटस्थापनाको साइत बिहान ११ः४६ मा

यस वर्षको दशैँको शुभसाइत गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् ।

उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।

दशैँसँग सम्बन्धित साइतहरू

 २१ असोज बिहीबार- नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे

 २२ असोज शुक्रबार- झण्डा फेर्ने, बिहान ११:५६ बजे  (पश्चिम मोहडा)

 २५ असोज सोमबार- श्री पचलीभैरव यात्रा

 २६ असोज मंगलबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे

   स्थिरासन बिहान ८:४४ बजे

२७ असोज बुधबार- महाअष्टमी, कालरात्रि

 २८ असोज बिहीबार- महानवमी

 २९ असोज शुक्रबार- विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे

टीका- बिहान १०:२ बजे

 श्री तुलजाभवानी यात्रा- बिहान ७: १ बजे

स्थिरासन- बिहान ८:३२ बजे, खड्गयात्रा

 २ कात्तिक मंगलबार- अखिल बलिपूर्ति

 २ कात्तिक मंगलबार- कोजाग्रत व्रत