कालिका नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल आइतबार राति १ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बिहान साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज कारखाना