युक्रेनी सेनाको विमान खसालेको रुसको दाबी

काठमाडौं । रुसको हवाई रक्षा युनिटले पश्चिमी देशद्वारा पठाइएको हतियार ल्याइरहेको युक्रेनी सेनाको विमानलाई खसालेको दाबी गरेको छ ।तास समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोवलाई उद्धृत गर्दै दक्षिण–पश्चिमी युक्रेनमा ओडेसा शहर बाहिर यो हमला गरिएको जानकारी दिए ।

बीबीसीले स्वतन्त्र रुपमा यो जानकारी पुष्टि गर्न नसकेको बताएको छ यो घटनामा कसैको ज्यान गए नगएको पनि स्पष्ट जानकारी दिएको छैन ।

जनरल कोनाशेनकोवले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँमा निशाना बनाएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार