कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।
यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुंगा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए ।
वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँको क्षति भएको छ ।














