युक्रेनका प्रधानमन्त्री डेनिस श्मीहलले घेराबन्दीमा परेको मारिऊपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन्।
सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमा शुरू भइसके पनि शहर रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताए। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भूभाग रुसलाई दिने मनशाय नरहेको बताएका छन्।
पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ।युक्रेनी अधिकारीहरूका अनुसार पछिल्लोपटक रुसी फौजको आक्रमणमा परी खार्किभमा पाँच जनाको ज्यान गएको छ भने जोलोटो नगरमा अर्का दुईजना मारिएका छन्।दक्षिणमा मिकोलाइभका गभर्नरका अनुसार रुसी फौजले निरन्तर रकेट प्रहार गरिरहेका छन्।