जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो । सोही अनुसार बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो । जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन् ।

तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया स्थगित गराएका हुन् ।