विदेश पठाउने नाममा ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका–९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका–१ का २५ वर्षीय टंकराज खनाल रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ३५ वर्षीय सन्तवीर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जीसीले जानकारी दिए ।

“पक्राउ परेकाले कम्तीमा पनि एक हजारभन्दा धेरै व्यक्तिहरूबाट दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौँ,” उनले भने ।